११ औं राष्ट्रिय निर्माण दिवसमा प्रभात फेरी

२२ मंसिर ०७५, राजविराज । ११ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा शनिबार सदरमुकाम राजविराजमा प्रभातफेरी तथा बिरामीहरुलाई फलफुल वितरण गरिएको छ ।

निर्माण व्यवसायी संघ सप्तरीको आयोजनामा निकालिएको प्रभातफेरी बजार क्षेत्र परिक्रमा गर्दै स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पुगेर फलफुल वितरण कार्यक्रममा परिणत भएको थियो ।

फलफुल वितरण कार्यक्रममा निर्माण व्यवसायीहरुका साथै नागरिक समाज, गैसस महासंघका प्रतिनिधिहरु तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत