२७ मंसिर ०७५, काठमाडौं । सरकारले साना किसानहरुको ऋण मिनाहा गरेको छ ।
सोमबारका बसेको मन्त्रिपरिषद बैठकले साना किसानहरुले तत्कालिन साझा सहकारीहरुबाट लिएको ऋण मिनाहा गर्ने निर्णय गरेको हो ।
बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले उक्त निर्णय सार्वजनिक गर्दै सहकारीमार्फत साना किसानहरुले लिएको २९ करोडभन्दा बढी र ब्याज एक अर्बभन्दा बढी पुगिसकेको ऋण सरकारले तिरिदिने बताएका हुन् ।