फुसको गोठघरमा आगोलागी हुँदा पशुचौपाया सहित चार घर नष्ट

२ पुस ०७५, सप्तरी । सप्तरीको तिलाठी कोईलाडि गाउँपालिका १ बेल्हिमा फुसको गोठ घरमाबाट सल् केको आगोबाट चार घर नष्ट हुनुका साथै २६ पशु चौपाया जलेका छन् ।

सोमबार एका बिहान वडा नं. १ स्थित बिजय कुमार रायको फुसको गोठ घरमा बालेको घुर सल्केर छिमेकी नागेश्वर राय, अजय कुमार राय, रामचन्द्र राय र अहिल्यादेवी रायको घर खरानी हुनका सार्थ २६ पशु चौपाया जलेका हुन् ।

आगोलागीमा पडित परिवारको लत्ताकपडा, खाद्यान्न, फर्निचर र पशु चौपाया समेत नष्ट भई २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बिहान २ः३० बजेतिर सल्केको आगो प्रहरी र स्थानियबासिको मद्दतले बिहान ५ बजे मात्र नियन्त्रण लिइएको थियो

यस अघि गत शुक्रबार सोही गाउँपालिकाको वडा नं. ७ बगबिरामा आगोलागी हुँदा १० घर जल्नुका साथै २० लाख बराबरको क्षति भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत