गैंडाको खागसहित ६ जना पक्राउ

६ पुस ०७५, काठमाडौं । प्रहरीले सामाखुशीबाट ६ जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले दुर्लभ वन्यजन्तु गैंडाको खागसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तनहुँका मिलन लाल राना, गोरखाका किरण आमगाईं, सुदिप दियाल, चित्रबहादुर बराम, पदम परियार र सरोज विक छन् । उनीहरुलाई गैंडाको खागको बिक्री हुन लागेको सूचनाका आधारमा पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय, ललितपुर पठाउने तयारी गरिएको एसएसपी सिंहले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत