चोरीको समानसहित दुई युवा पक्राउ

१३ पुस ०७५, सप्तरी । प्रहरीले चोरीका समानसहित दुई युवालाई पक्राउ गरेको छ ।

बिहीबार प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका ४ वस्ने २५ वर्षीय जितेन्द्र सदा र २४ वर्षीय शिवकुमार साहलाई चोरीको आरोपमा समानसहित पक्राउ गरेको हो ।

शम्भुनाथ नगरपालिका ४ बस्ने बिनोदकुमार दासको घरमा पुस ८ गते भएको चोरीको अनुसन्धानका क्रममा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टका अनुसार घरबाटै पक्राउ परेका उनीहरुको साथबाट नगद रु. ४० हजार, एक–एक थान चाँदीको सिक्री, सोनी कम्पनीको एलइडी टेलिभिजन, लुगा सिउने मेसिन र आईरन बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुविरुद्ध चोरीको मुद्दा दर्ता गरी विहीबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत