पेस्तोलसहित ४ जना पक्राउ

१४ पुस ०७५, काठमाडौं । प्रहरीले भक्तपुरबाट इटालियन पेस्तोलसहित ४ जनालाई पक्राउ गरेको छ ।

शनिबार सशस्त्र प्रहरी औद्योगिक सुरक्षा गुल्म र इन्टेलिजेन्स व्यूरोबाट खटिएको सशस्त्र प्रहरी बलको संयुक्त टोलीले भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट इटालियन अटोमेटिक पेस्तोल सहित पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिनसहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कालिकोट तिलागुफा नगरपालिका–१ घरभई सल्लाघारी बस्ने २५ वर्षीय मोतीलाल शाही, तिलागुफा–३ का २१ वर्षीय बलद्धिप शाही, मुगु खत्ने गाउँपालिका– २ का २२ वर्षीय भिमप्रसाद दाहाल र कालिकोट मैबी गाउँपालिका–६ का १८ वर्षीय जागेश शाही छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत