विदा पुनरावलोकन समितिद्वारा जातीय र धार्मिक पर्वमा थप सार्वजनिक विदा दिन प्रस्ताव

१९ पुस ०७५, काठमाडौं । सरकारले २०७६ सालमा थप १५ जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रुपमा सार्वजनिक विदा दिने प्रस्ताव गरेको छ ।

२०७५ सालमा घोषणा भएका सार्वजनिक विदाहरु यथावत राख्दै संघीय सरकारले विभिन्न जातीय तथा धार्मिक संघ संस्थाहरुको माग बमोजिम आगामी वर्ष २०७६ सालका लागि थप गरी सार्वजनिक विदा दिन लागेको हो ।

गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई रहेको विदा पुनरावलोकन समितिले विभिन्न ८ पर्वका लागि ११ दिन सार्वजनिक विदाको विवरण तयार पारेको हो ।

आगामी वर्षदेखि किरात समुदायको चाड उभौलि र उधौलीमा बैशाख तथा मंसिर पूर्णिमा दुई दिन, इदुल पित्र, बकरइद, मोहम्मद जयन्तीमा, गुरुङको तमु ल्होसार, तामाङको सोनाम ल्होसार, शेर्पाको ग्याल्वो ल्होसार, छठ, माघी पर्व, जनैपूर्णिमा, ऋषि पञ्चमी र क्रिसमसमा सार्वजनिक विदा प्रस्ताव गरिएको छ ।

यस वर्ष कतिपय जातीय पर्वहरुमा सम्बन्धित जातिको घनत्व रहेका प्रदेशमा मात्र सम्बन्धित प्रदेश सरकारले विदा घोषणा गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत