पूर्वराष्ट्रपति यादवले दैनिक एक घण्टा अस्पतालमा सेवा गर्ने

२१ पुस ०७५, काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने सोच बनाएको बताएका छन् ।

डा.यादवले बीपी स्मृति सामुदायिक अस्पतालको एघारौं वार्षिक साधारण सभामा आफू चिकित्सकीय सेवामा फर्किने सोच बनाएको बताएका हुन् ।

गणतन्त्र नेपालको पहिलो राष्ट्रपति भएको नाताले पनि सिस्टम बसाउने जिम्मेवारी आफूमा रहेको भन्दै डा.यादवले भने, ‘टिचिङ वा वीर हस्पिटलमा गएर बस्ने ? अलअल अलमल छु ।’

राजनीतिमा प्रवेश गर्नु अघि विश्वेश्वर प्रसाद कोइरालाको निजी चिकित्सक समेत रहेका डा.यादवले आफू राष्ट्रपति भएका बखत सरकारी अस्पतालमा नै उपचार गरेको पनि स्मरण गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत