गृहमन्त्री बादल र उत्तर कोरियाका राजदुतबीच भेटवार्ता

३ माघ ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

बिहीबार गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।

मेनले नेपालका लागि नयाँ राजदुतको रुपमा कार्यभार सम्हालेकोमा उहाँलाई कार्यकाल सफलताको शुभकामना दिँदै गृहमन्त्री थापाले मेनको कार्यकालमा दुई देशबीचको सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरे ।

पछिल्लो समय उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशा व्यक्त गरे ।
राजदूत मेनले नेपाल र उत्तर कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्ष पुगेको स्मरण गर्दै यो सम्बन्धलाई थप उचाइमा पु¥याउनुपर्नेमा जोड दिए ।

उनले नेपालमा आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञा प्रक्रिया सहज बनाईदिन गृहमन्त्री थापासँग आग्रह गरेका छन् ।

भेटमा राजदुत मेनले गृहमन्त्री थापालाई उत्तर कोरिया भ्रमणको निम्तो समेत दिएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत