जंगली हात्ती बस्तीमा पस्दा ३ घरमा क्षति

६ माघ ०७५, पर्सा । पर्साको ठोरी गाउँपालिकामा जंगली हात्तीले पस्दा ३ स्थानीय वासिन्दाको घरमा क्षति पु¥याएको छ । हैरान भएका छन् ।

शनिबार राति चितवन र पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको ठोरी गाउँपालिकामा वडा नं १ मा आएको जंगली हात्तीले स्थानीय होमनाथ अधिकारी, चन्द्रबहादुर सुनारी र लालकाजी गुरुङको घरमा क्षति पु¥याएको हो ।

राति ११ बजे बस्तीमा पसेको जंगली हात्तीले घरमा रहेको चामल, पिठो र अन्य खाद्यान्न सामाग्रीहरु खाएर र छरेर नष्ट गरिदिएको पीडितहरुले बताएका छन् । हात्तीले ती घरहरुमा अन्दाजी १ लाख २० हजार रुपैयाँ बराबरको क्षति पु¥याएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

जंगली हात्ती मानव बस्ती पसेको जानकारी अगाडि नै पाएका कारण स्थानीयले भने सुरक्षित स्थानमा भागेर ज्यान जोगाएका थिए । हातमा लौरो, घरेलु हतियार बोकेर टिनको डब्बा ठटाउनुको साथै राँको बालेर होहल्ला गर्दासमेत हात्ती रातभर गाउँमै बसेको गाउँपालिका अध्यक्ष पिएल श्रेष्ठले जानकारी दिए । बिहान ४ बजेतिर मात्रै हात्ती जंगल पसेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत