लागुऔषधसहित एक जना पक्राउ

७ माघ ०७५, राजविराज । प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बोदेबर्साईन सप्तरीबाट खटिएको प्रहरी टोलीले जिल्लाको बोदेबर्साईन नगरपालिका –५ स्थित सत्रुधन चोकमा भारतबाट नेपाल तर्फ आउदै गरेको सिरहा जिल्ला लहान नगरपालिका –२३ का १८ वर्षीय भरत यादवलाई पक्राउ गरेको हो ।

यादवको साथबाट लागुऔषध नुर्फिन २९ थान, फेनारगन ५१ थान, डाईजेल्याप ५० थान, नाईट्राभेट ६सय थान सहित पक्राउ गरी प्रहरीबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत