‘लुट्न सके लुट कान्छा’ बोलको लोकगीत युट्युबबाट हटाइयो

४ फागुन ०७५, काठमाडौं । लोक गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत युट्युबबाट हटाइएको छ ।

सरकार, नेता र कर्मचारीहरूलाई ब्यंग्य गरेर गाइएको उक्त लोकगीत सरकारपक्षीय कार्यकर्ताको तिब्र आक्रोश र दबाबपछि युट्युबबाट हटाइएको हो ।

शनिबार साँझ फेसबुकमा लामो स्टाटसमा आफ्नो उद्देश्य देशमा सुशासन कायम रहोस् भन्नेमात्र रहेको र कुनै राजनीतिक आग्रह र पूर्वाग्रह राखेर गीत नबनाएका उल्लेख गर्दै गीत युट्युवबाट हटाएको बताका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत