प्रधानसेनापति थापा र बेलायतका रक्षामन्त्री ल्यान्कास्टरबीच भेटवार्ता

९ फागुन ०७५, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र बेलायतका रक्षामन्त्री मार्क ल्यान्कास्टरबीच भेटवार्ता भएको छ ।

प्रधानसेनापति थापा र बेलायतका रक्षामन्त्री ल्यान्कास्टरबीच बिहीबार सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको हो ।

भेटमा प्रधानसेनापति थापा र मन्त्री ल्यान्कास्टरबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।

मन्त्री ल्यान्कास्टरले भेटका प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिका प्रशंसनीय रहेको भन्दै भविष्यमा सहकार्य समेत गरी अगाडि बढ्न सकिने धारणा राखेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत