अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि प्रदेश २ बाट २२ लाख ४० हजार संकलन

१८ फागुन ०७५, काठमाडौं । धुर्मुश सुन्तली फाउण्डेसनलाई ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि प्रदेश २ बाट २२ लाख ४० हजार संकलन भएको छ ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ को संयोजनमा महोत्तरीको बर्दिबासमा घोषणा गरिएको खुत्रुके अभियानबाट चितवनमा निर्माण गर्न लागिएको रङ्गशालाका लागि उक्त रकम संकलन भएको हो ।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ को उपस्थितिमा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघका पदाधिकारीहरुले २२ लाख ४० हजार ५ सय रुपैंया सहयोग हस्तान्तरण गरेका छन् ।

महासंघले प्रदेश २ को संयोजनमा खुत्रुके महाअभियान् सुरु गरेको उक्त खुत्रुकेमा धुर्मुसले आफ्नो तर्फबाट एक हजार रुपैंया खसालेर अभियानको सुरुवात गरेको नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष हिरा गौतमल बताए । उनले आठ वटै जिल्लामा सञ्चालित होटलहरुमा रंगशाला निर्माणको लागि खुत्रुके अभियानकै रुपमा खुत्रुके राखिने समेत बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत