स्यूचाटार कमल पोखरी नजिकै बम फेला, सेनाद्वारा डिस्पोज

२६ फागुन ०७५, काठमाडौं । राजधानीको स्यूचाटार कमल पोखरी नजिकै बम फेला परेको छ ।

आइतबार दिउँसो स्यूचाटारमा बम फेला परेको हो ।

बिहान १० बजे तिर स्थानीयवासीले तार र प्रेसर कुकर जस्तो बस्तु गाडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सूचना पाए लगत्तै सो स्थानमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान गरी सेनालाई खबर गरेको थियो । सेनाको स्रोतले डिस्पोज गरेको प्रेसर कुकर भित्र विस्फोटक पदार्थ रहेको जानकारी दिएको छ ।

तर बम कसले राखेको हो भन्ने विषयमा पत्ता नलागेको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत