सर्लाहीको धनकौल उखुबारीमा आगलागी

८ चैत्र ७५, सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–६ सिसौट सोनार टोलमा उखुबारीमा आगलागी भएको छ ।

शुक्रबार दिउँसो स्थानीय मोहन साहले आफ्नो खेतमा लगाएको उखुको पात जलाउने क्रममा अचानक नजिकै रहेको उखु खेतमा आगो सल्किन पुग्दा ७४ कट्ठामा १३ जना किसानले लगाएको उखु जलेर नष्ट भएको हो ।

आगलगीबाट धनकौल गाउँपालिका–६ का दिपललाल साहको ४ कठ्ठा, बैजनाथ साहको ८ कठ्ठा, प्यारेलाल साहको ८ कठ्ठा, रमेश साहको १० कठ्ठा, शंकर साहको ६ कठ्ठा, नागेश्वर साहको ५ कठ्ठा, रामेश्वर साहको ४ कठ्ठा, सुकदेव साहको ४ कठ्ठा, सुरेन्द्र साहको ७ कठ्ठा, आनन्दी साहको ४ कठ्ठा, जंगीलाल साहको ३ कठ्ठा, मोतिलाल साहको ४ कठ्ठा, जुगल साहको ७ कठ्ठा र बिरेन्द्र साहको २ कठ्ठामा लगाएको उखु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगो स्थानीय र प्रहरीको सहयोगमा ढेड घण्टापछि नियन्त्रणमा आएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत