प्रदेश २ मा सामाजिक प्रश्नपत्र आउट, आजपनि परीक्षा रद्द

१५ चैत ०७५, काठमाडौं । एसईई परीक्षामा प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि भएको छ ।

बिहीबार रातिदेखि नै रातो कागजमा छापिएको प्रश्नपत्रसहित सामाजिक सञ्जालमा प्रश्नपत्र भाइरल भएको थियो । सामाजिक सञ्जालमा भाइरल भएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक बोलाएको थियो ।

परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडी मात्र केन्द्रीय परीक्षा समन्वय समितिले प्रश्नपत्र खोलेर हेर्न पाउने प्रावधान अनुसार बोर्डले साढे ७ बजे प्रदेश २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्न पत्र आउट भएको पुष्टि गरेको हो

कार्यालयका उप -नियन्त्रक चेतनाथ शर्माले प्रश्न पत्र आउट भएको पुष्टि पछि प्रदेश २ को शुक्रबारको परीक्षा रद्द गरिएको जानकारी दिँदै उनले भने– ’सामाजिक सञ्जालमा रातिदेखि नै प्रश्नपत्र आउट भएको पोष्टहरु भाइरल भएको थियो । त्यो पुष्टि पनि भयो । हामीले आजको परीक्षा रद्द गरेका छौं । तर अर्को परीक्षा कहिले गर्ने भन्नेबारे मिति केहीबेर पछि निर्णय हुनेछ ।’

एसईई परीक्षा ८ बजेबाट सञ्चालन भइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत