लगानी सम्मेलनमा प्रस्तुत गरेको ७७ मध्ये १६ परियोजनाका लागि १७ आवेदन

१६ चैत ०७५, काठमाडौं । सरकारले लगानी सम्मेलनमा प्रस्तुत गरेको ७७ मध्ये १६ परियोजनाका लागि आवेदन परेको छ ।

शुक्रबारदेखि शनिबार दुई दिनसम्म चलेको सम्मेलनका क्रममा १६ परियोजनाका लागि १७ वटा आवेदन परेको हो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीका अनुसार आवेदन दिने मिति अप्रिल २० सम्म भएपनि सुरुमै बोर्डले तोकेको राजश्व तितेर १७ आवेदन परेको बताए । बोर्डका अनुसार पूर्वाधार तथा यातायात क्षेत्रमा ७ वटा, ऊर्जामा ४ वटा, कृषिमा ३ वटा, शिक्षा र स्वास्थ्यमा २ र लजिस्टिकमा एक कम्पनीले आवेदन दिएका छन् । जसमा भक्तपुरमा सम्मेलन केन्द्र, लुम्बनीमा मेट्रोनिटी सेन्टर, वीरगञ्जमा लजिस्टिक सेन्टर बनाउने आयोजना छन् ।

यस्तै पश्चिम सेती र तमोर जलविद्युतमा आवेदन परेको छ । अरु आयोजनाको नाम भने लगानी बोर्डले खुलाएको छैन । सम्मेलनमा सरकारको तर्फबाट ५० र निजी क्षेत्रका २७ गरी ७७ परियोजना ‘सो–केस’मा राखिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत