कलङ्कीमा पनि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू

२२ बैशाख ०७६, काठमाडौं । कलङ्की चोकमा हुने सवारी चाप हटाउन आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यका बाहिर जाने र उपत्यकाभित्र आउने सवारी साधन रोकिदा अत्यधिक जाम हुने भएकाले कलङ्कीमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेको हो ।

अबदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै अब उपत्यका बाहिर जाने र उपत्यकाभित्र आउने सवारी साधनले छुट्टाछुट्टै स्थानमा यात्रु चढाउने र ओराल्नु पर्नेछ ।

यसअघि महाशाखाले रत्नपार्क, पुरानो बसपार्क, आरएनएसी, जमल, लैनचौर, कोटेश्वरलगायत अत्याधिक सवारी चाप हुने क्षेत्रमा सो व्यवस्था लागू गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत