शताव्दी पुरुष सत्यमोहन जोशीलाई ललितपुर महानगरपालिकाकाद्वारा सम्मान

३० बैशाख ०७६, काठमाडौं । शताव्दी पुरुष सत्यमोहन जोशीलाई नगर परिक्रमासहित सम्मान गरिएको छ ।

इतिहासविद सत्यमोहन जोशी एक सय वर्ष पुगेको खुसियालीमा ललितपुर महानगरपालिकाकाले सम्मान गरेको हो । उनलाई बग्गीमा राखेर ललितपुर नगरका बिभिन्न स्थान परिक्रमा गराइएको छ ।

ललितपुर महानगरले उनको सम्मानमा एक वर्षसम्म बिभिन्न कार्यक्रम गरी जन्म शताब्दी मनाउने घोषणा समेत गरेको छ ।

संस्कृतिविद जोशीको सम्मानस्वरुप स्थानीय सरकारको अधिकार प्रयोग ललिपरु महानगरले आफू मातहतका सबै कार्यालयहरु, शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिएको छ ।

नगरपरिक्रमा कार्यक्रममा स्थानीयबासीका साथै नेपाली सेनाको ब्यान्ड टोली, विद्यार्थी, स्काउट, कर्मचारी, राजनीतिक दलका नेताहरुको उल्लेख्य उपस्थिति थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत