चोरी डकैतीमा संलग्ने ‘काले डाँका’ पक्राउ

६ जेठ ०७६, काठमाडौं । प्रहरीले चोरी डकैतीमा संलग्न  ‘काले डाँका’ विष्णु लामालाई पक्राउ गरेको छ ।

सोमबार बिहान महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको टोखाबाट लामालाई पक्राउ गरेको हो । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका लामा टोखामा रहेको सूचना पाएपछि सोमबार बिहान प्रहरीको टोली त्यहाँ पुगेको थियो ।

प्रहरीले नियन्त्रणमा लिने क्रममा उनले हतियार देखाएपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएकोे महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले बताए ।

सिन्धुपाल्चोकको मेलम्ची घर भएका लामामाथि ६ वटा अपराधका घटनालाई लिएर खोजी भइरहेको थियो । उनी ६ वर्ष कैद भुक्तान गरेर २०७२ सालमा रिहा भएका थिए । जेल सजायपछि पनि उनी अपराधमै संलग्न रहेको प्रहरीले दावी गरेको छ ।

उनले पूर्व एआइजी जयबहादुर चन्द र पूर्व डिआइजी विश्वराज अधिकारीको घरमा समेत चोरी गरेको आरोप छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत