८ जेठ ०७६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विधेयक पुनर्विचारका लागि संघीय संसदमै फिर्ता पठाएकी छिन् ।
राष्ट्रपतिले विधेयकलाई पुनर्विचारका लागि संसद्मा फिर्ता पठाएको यो पहिलो हो । संविधानको धारा ११३ (२) बमोजिम विधेयकलाई पुनर्विचारका लागि फिर्ता पठाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
संविधानको धारा ११३ (२) मा विधेयक पुनर्विचार हुन आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा पेश भएकोे १५ दिनभित्र सदनमा फिर्ता पठाउन सक्ने प्रावधान रहेको छ ।
अब राष्ट्रपतिले फिर्ता गरेको विधेयकमाथि दुवै सदनले पारित गरी पुनः राष्ट्रपतिसमक्ष विधेयक पठाउनुपर्ने संवैधानिक व्यवस्था छ ।