लुम्बिनीमा ४६ हजार विरुवा रोपिने

८ जेठ ०७६, रुपन्देही । लुम्बिनी विकास गुरुयोजनाभित्र ४६ हजार विरुवा रोपिने भएको छ ।

मंगलबार लुम्बिनी विकास कोष, रुपन्देही डिभिजनल वन कार्यालय र भैरहवा लुम्बिनी तौलिहवा सडक सुधार आयोजनाबीच भएको समझदारीमा लुम्बिनी विकास गुरुयोजना भित्र ४६ हजार ५ सय विरुवा रोप्ने सहमति भएको हो ।

सडक सुधारका क्रममा रुपन्देही जिल्लाभित्र १९०८ वटा रुख काटिएकोमा त्यसको २५ गुणा बढी विरुवा रोप्नुपर्ने वन ऐनको प्रावधान अनुसार रुपन्देही जिल्लामा कुल ४७ हजार ७०० विरुवा रोप्नुपर्ने छ । जसमध्ये सडक किनारमा ११८२ र बाँकी ४६५१८ विरुवा लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रोपिनेछ ।

लुम्बिनी गुरुयोजना भित्रको वृक्षारोपण कार्यलाई वातावरणीय, धार्मिक, साँस्कृतिक, पर्यटकीय महत्वको संरक्षित वृक्षारोपणको रुपमा लिने वृक्षारोपण कार्यविधिमा उल्लेख गरिएको छ ।वृक्षारोपण कार्यक्रममा विशेषगरी आँप, लिचि, कदम्ब, कल्की, अमला, सिमल, वर, पीपल, बेल, इमली, बडहर, नीम, जामुन, अमलतास, काभ्रो लगायतका विरुवा रोपिने र यसबाट मानिस लगायत जंगली जीवजन्तु, चराचुरुङ्गी समेतले आहारा प्राप्त गर्ने लुम्बिनी विकास कोषका जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत