जेठ १६–३० गतेसम्म मुग्लिन सडक बन्द हुने

१५ जेठ ०७६, काठमाडौं । जेठ १६–३० गतेसम्म मुग्लिन सडक बन्द हुने भएको छ ।

तनहुँ र चितवन जोड्ने मुग्लिङस्थित त्रिशुली नदीमाथि निर्मित नयाँ आर्क पुल सम्पन्न भएपनि पुलको दुवैतर्फ सडक कटिङ गरी तयार पार्नुपर्ने भएकाले जेठ १६ गते बिहीबारदेखि जेठ ३० गतेसम्म पुल अवरुद्ध हुने भएको हो ।

सडक विभाग अन्र्तगतको मध्य सेक्टर नम्बर २ पुल योजनाले सूचना जारी गर्दै उक्त पुलको दुबैतर्फ सडक कटिङको लागि प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजे र राति ९ बजेदेखि २ बजेसम्म पुल बन्द हुने जनाएको छ ।

पुल तयार पार्ने ठेक्का पाएको इलाइट एड्भेन्चर लोहनी जेभीले तयार पारेको सडकको डिजाइनमा मंगलबार मात्र विभागबाट सडक तयार पार्नका लागि अनुमति प्राप्त भएको थियो ।

सोही अनुसार ठेकेदार कम्पनीले तनहुँ र चितवन प्रशासन तथा स्थानीय सडक डिभिजनलाई पत्राचार गर्दै सडक विस्तार गरिने जानकारी गराएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत