१५ जेठ ०७६, काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ४ सय ३४ कैदीलाई बाँकी कैद सजाय मिनाहा गरेकी छिन् ।
गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले गणतन्त्र दिवसका उपलक्ष्यमा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने निर्णय गरेको हो ।
नेपालको संविधानको धारा २७६ बमोजिम गणतन्त्र दिवसमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका असल चालचलन भई कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएकालाइ राष्ट्र प्रमुखले माफी दिने परम्परा छ ।
तर गम्भीर प्रकृतिको अपराधमा सजाय भुक्तान गरिरहेका कैदीले भने यस्तो कैद सजायको छुट पाउने छैनन् ।