१५ दिनेदेखि प्रधानाध्यापक विद्यालय अनुपस्थित भएपछि विद्यार्थी आन्दोलित

देवराम प्रसाद यादव ।
१६ जेठ ०७६, सप्तरी । शैक्षिक सत्र चालु भएको डेढ महिना बितिसक्दा पनि पाठ्यपुस्तक उपलब्ध नगराएको भन्दै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ स्थित महाबिर उच्च माविका विद्यार्थीहरु आन्दोलित भएका छन् ।

आन्दोलित विद्यार्थीहरु ।

शैक्षिक सत्र चालु भएको डेढ महिना बितिसक्दा पनि आफूहरुलाई निशुल्क उपलब्ध गराउनु पर्ने पाठ्यपुस्तक उपलब्ध नगराउनुका साथै १५ दिनेदेखि प्रधानाध्यापक डम्बर सतर विद्यालयमा अनुपस्थित भएकाले आक्रोसित विद्यार्थीहरुले प्रअ सतराबिरुद्ध सडकमा चर्को प्रदर्शन गर्नुका साथै दुई घण्टा चक्काजाम गरेका हुन् ।

पाठ्यपुस्तक बिना पढाई प्रभावित भइरहेको तथा पटक पटक प्रअ सतरालाई लिखित र मौखिक जानकारी गराउदा पनि कुनै चासो नदेखाएको विद्यार्थीहरुको भनाई छ ।

एकातिर लामो समयदेखी प्रअ विद्यालय आउँदैनन्, विद्यार्थी सरोज यादवले भने, अर्को तर्फ पाठ्यपुस्तक बिनै पढाई गर्नुपर्दा समस्या भएको छ । सरकारले निशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको भनिए पनि आफूहरुले प्रअ सतराको लापरवाहीकै कारण डेढ महिनादेखि पाठ्यपुस्तक पाउन नसकेको गुनासो समेत पोखे ।

विद्यार्थीहरुले प्रदर्शन र चक्काजाम गरेको खबर पाएपछि पुगेका हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साहले प्रअ सतरासँग कुरा गरी अविलम्ब पाठ्यपुस्तकको व्यवस्था गर्ने आश्वासन दिई विद्यार्थीलाई सम्झाई बुझाई गरेपछि आवागमन सूचारु गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत