ग्यास लिक भएर आगलागी हुँदा ७ जना घाइते

२४ जेठ ०७६, काठमाडौं । बाराको डुमरवानामा सिलिन्डरबाट ग्यास लिक भएर आगलागी हुँदा ७ जना घाइते भएका छन् ।

जीतपुर सिमरा उपमहानगरपालिका–१४ स्थित स्याउली बजारमा नरजमान थिङको घरमा सिडिन्डर पड्किदा एकै परिवारका `त ७ जना घाइते भएका हुन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

ग्यास लिक भइरहेको सिलिण्डरमा ग्यास सल्काउन जाँदा आगालागी भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।

आगलागीबाट ६७ वर्षीय नजरमान थिङसहित उनकी बुहारी ३२ वर्षीया ज्ञानीमाया थिङ, ३२ वर्षीय बौद्धमान थिङ, ३२ वर्षीय अनिता थिङ ४८ वर्षीया दिलमाया वाइबा, ५५ वर्षीया साईमाया वाइबा र ३२ सुकमाया वाइबा घाइते भएका छन् ।

घाइते मध्ये दिलमाया, सुकमाया र ज्ञानीमायाको अवस्था गम्भीर रहेकाले सिमरा स्थित अल्पाइन अस्पततालमा सामान्य उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा रिफर गरिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

अन्य घाइतेको अल्पाइन अस्पतालमै उपचार भइरहेको छ । घाइते सबैको शरीरको विभिन्न भाग र कपाल जलेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत