२९ जेठ ०७६, काठमाडौं । दार्चुलाको नौगाढ गाउँपालिका–४ मा रहेको गणेशविनायक मावि स्कुलमा शौचालयको सेफ्टी ट्यांकीको ढक्कन भाँसिदा ४ बालबालिकाको मृत्यु भएको छ ।
दिउँसो करिब साढे ४ बजेतिर सेफ्टी ट्यांकीको ढक्कनमाथि खेल्दै गरेका सोही गाउँपालिकाको १० वर्षीया अनुस्का धामी, ८ वर्षीय सुदिश धामी, ५ वर्षीया युनिका धामी र ७ वर्षीया निरुता ठगुन्नाको मृत्यु भएको हो ।
सेफ्टी ट्यांकीको ढक्कनमाथि माटो राखेर मैदान बनाएको थियो । सोही मैदानमा खेल्दै गरेका बालबालिका ढक्कनमाथि राखिएको माटोसहित करिब १० मिटर तल खसेको स्थानीयले बताए ।
वर्षाका कारण ट्याङ्कीमा खसेर मृत्यु भएको बालबालिकाको उद्धार गर्न करिव तीन घण्टा लागेको प्रहरीले जानकारी गराए ।