महादेवा गापाको मोटरसाईकलको दुरुपयोग अझै रोकिएन

३० जेठ ०७६, सप्तरी । महादेवा गाउँपालिकाका जनप्रतिनिधीले प्रयोग गर्दै आएको मोटरसाईकलको दुरुपयोग अझै रोकिएको छैन ।

महादेवा गाउँपालिका वडा नं. ४, ६ र उपाध्यक्षले प्रयोग गर्ने गरेको मोटरसाईकलको दुरुपयोग अझै नरोकिएको स्थानियले बताएका हुन् ।

वडा नं. ४ का वडा कार्यालयमा रहेको मोटरसाईकल वडा नं. ४ का वडाध्यक्ष जुगेश्वर साहको छोरा अशोक साहले प्रयोग गर्दै आएको श्रोतले जनाएको छ । वडा नं. ४ का वडा सचिव ललित मण्डलले प्रयोग गर्दै आएको मोटरसाईकल अशोक साहले प्रयोग गर्दै आएको हो ।

त्यसैगरी महादेवा गाउँपालिकाले उपाध्यक्षलाई उपलब्ध गराएको मोटरसाईकलको समेत दुरुपयोग अझै नरोकिएको बताईएको छ ।

गाउँपालिकाका उपाध्यक्ष ममता कुमारी यादवले आफुले प्रयोग गर्नका लागि गाउँपालिकाबाट लिएको मोटर साईकल उनले प्रयोग नगरी ससुरा महादेवा गाउँपालिका वडा नं. २ का दानालाल यादवलाई प्रयोग गर्न दिएर मोटरसाईकलको दुरुपयोग गरिरहेको वडा नं. १ का नेकपाका युवा नेता भरत यादवले बताए ।

यादवका अनुसार गाउँपालिकाले उपाध्यक्षलाई को. ३७ प. १५७३ नं. को मोटरसाईकल खरिद गरेर उपाध्यक्षलाई उपलब्ध गराएको मोटरसाईकल उनले आफना ससुरालाई व्यक्तिगत रुपमा प्रयोग गर्न दिएको छ ।

मोटरसाईकल गाउँपालिकाको न्यायीक समितिको संयोजक समेत रहेको उपाध्यक्षलाई मोटरसाईकल गाउँपालिकाको काममा सहयोग पुग्ने उद्देश्यले उपलब्ध गराएकोलाई उनी आफना आफन्तहरुलाई प्रयोग गर्न दिएर गाउँपालिकाको मोटरसाईकको दुरुपायोग गरिएको यादवले बताए ।

यसै विच महादेवा गाउँपालिका वडा नं. ६ का वडा कार्यालयमा रहेको मोटरसाईकल सोही वडाका एक जनाले प्रयोगखगर्दै आएको ६ नम्बर वडा कार्यालय श्रोतले जनाएको छ ।

वडा नं. ६ का वडा सचिव नवोनाथ मिश्रले प्रयोग गर्दै आएको मोटरसाईकल स्थानिय बजरंगबली आधारभूत विद्यालय ढिकलीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजय कुमार यादवले प्रयोग गरिरहेका छन् ।

सो मोटरसाईकल प्रयोग गर्न वडा नम्वर ६ का वडाध्यक्ष उमेश यादवको प्रत्यक्ष निर्देशनमा बजरंगबली आधारभूत विद्यालय ढिकलीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजय कुमार यादवले प्रयोग गरिरहेको छ ।

मोटरसाईकल प्रयोग गर्नेहरुले गाउपालिका कार्यालयबाट ईन्धन लगायतका सुविधा लिने गरेको गा.पा.का लेखा शाखा श्रोतले जनाएको छ ।

मोटरसाईकल दुरुपयोग सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा महादेवा गा.पा.का स्थानिय नेकपाका नेताहरु तथा कार्यकर्ताहरुले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई जानकारी गराउँदा पनि अहिलेसम्म महादेवा गाउँपालिकाका सवारी साधनको दुरुपयोग रोकिएको छैन ।

डाढाका स्वास्थ्य चौकी ईन्चार्ज साहलाई स्पष्टिकरण

सप्तरीको महादेवा गाउँपालिका वडा नं. ४ स्थित रहेको स्वास्थ्य चौकी डाढाका ईन्चार्ज मनोज कुमार साहलाइ स्पष्टिकरण सोधिएको छ ।

गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादव र प्रमुख प्रशासकीय अधिकृत कुनन्दन कुमार कर्णले गत २४ गते शुक्रबार डेढ बजेतिर स्वास्थ्य चौकी डाढा अनुगमनको क्रममा पुग्दा स्वास्थ्य चौकीमा तालाबन्दी लागेको अवस्थामा फेला परेपछि इन्चार्ज साहलाई स्पष्टिकरण सोधिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत कर्णका अनुसार सो स्वास्थ्य चौकीमा प्रायजसो १२÷१ बजे पछि प्रायजसो कर्मचारीहरु कार्यालय बन्द गरेर घर जाने गरेको कारण आईन्दा त्यसो नगर्नको लागि स्वास्थ्य चौकीका ईन्चार्ज साहलाई ३ दिन भित्र गा.पा. कार्यालयमा स्पष्टिकरण दिन भनिएको बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत