आज भारत र पाकिस्तान म्यान्चेस्टरमा भिड्दै

१ असार, काठमाडौं । भारत र पाकिस्तान इंग्ल्यान्डको म्यान्चेस्टरमा आज विश्वकप क्रिकेट खेल्दैछन् । नेपाली समयअनुसार अपरान्ह सवा ३ बजे भारत र पाकिस्तान बीचको खेल हुँदैछ ।

आजको खेललाई प्रतिष्ठाको रुपमा लिँदै दुबै देश जित आफ्नो पक्षमा पार्ने दाउमा रहेका छन् ।

पाकिस्तानले जारी विश्वकपमा दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेको छ भने भारत तेस्रो जितको खोजीमा छ ।

भारतीय टीममा विराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, शिखर धवन, रविन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर रहेका छन् ।

यस्तै पाकिस्तानको टीममा सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अली, वाहव रियाज, साहिन शा अफ्रिदी रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत