५ असार ०७६, काठमाडौं । गोकर्णमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
बिहीबार सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बा १ ख ८७४४ नम्बरको बस गोकर्णस्थित रमझमचोकमा दुर्घटना भएको हो।
बस पल्टिँदा बसका सहचालकको चेपिएर मृत्यु भएको तर सनाखत हुन नसकेको प्रहरीले जानकारी दिए । बस सडकदेखि १० मिटर तल पल्टिएको छ ।
घाइते भएका १० जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटना भएलगत्तै बसका चालक फरार रहेकाले खोजीकार्य भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।