सरकारले ल्याएको बजेटको विरोध गर्दै प्रतिपक्षीले जलाए रातो किताब

५ असार ०७६, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटको विरोध गर्दै प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदले बजेट पुस्तिका (रातो किताब) जलाएका छन् ।

बिहीबार दिउँसो प्रदेशसभाको बैठक बहिस्कार लगत्तै प्रदेश सभाको गेटमै प्रतिपक्षी सासंदहरुले आगामी आर्थिक वर्षको बजेटको विरोध गर्दै रातो किताब जलाएका हुन् । सासंदलाई समेत अपमान गर्ने किसिमले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट ल्याएकोले प्रदेशसभा बैठक बहिस्कार गरी बाहिरिएका कांग्रेस र राजपाका सांसदले बजेटको विरोधमा नाराबाजी गर्दै प्रदर्शन समेत गरेका थिए ।

कांग्रेस र राजपाका प्रदेश सदस्यले यो बजेट संशोधन नगरुन्जेल आफूहरुलाई मान्य नहुने बताएका थिए । यसअघि प्रदेशसभा बैठकमा समेत कांग्रेसले अवरोध सिर्जना गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत