नियमित शिक्षक विद्यालय नआउँदा पढाई प्रभावित

६ असार ०७६, सप्तरी । महादेवा गाउँपालिका वडा नं. १ स्थित रहेको सोनरा राष्ट्रिय प्राथमिक विद्यालयमा नियमित शिक्षक नआउँदा पठन पाठन प्रभावित भएका छन् ।

सोही सामुदायिक विद्यालयहरुमा शिक्षकहरु नियमित नआउनुको साथै आएर पनि पुरा समय विद्यालयमा पठन पाठन नगरेको कारण पठन पाठनमा प्रभावित भएको हो । १ सय ७० विद्यार्थी रहेको सोनरा विद्यालयमा १ जना दरबन्दी, १ जना राहत र १ जना बालविकास गरी ३ जनाले पठन पाठन गराउँदै आएका छन ।

फोटोः देवराम यादव ।

दरबन्दीमा रहेको प्रधानाध्यापक बसन्द कुमार चौधरी तालिममा विहिबार सहभागी हुँदा, बालविकासका राजकुमारी यादव घरायसी काम देखाउँदै विद्यालय नआउँदा र राहतका शिक्षक रामदेव यादवले समेत केही समय विद्यार्थीहरुलाई पढाएर विदा दिएर आफु पनि घर गएको स्थानिय अभिभावक अवकास प्राप्त सशस्त्रका डिएसपी उपेन्द्र प्रसाद मण्डलले संचारकर्मी सँग गुनासो पोखे ।

सामुदायिक विद्यालयहरुमा शिक्षकहरु नियमित नआउनुको साथै आएर पनि पुरा समय विद्यालयमा पठन पाठन नगराएका कारण सामुदायिक विद्यालयबाट विद्यार्थीहरुलाई अभिभावकहरुले बोर्डिङ स्कुलहरुमा पढाउन बाध्य भएको उनले बताए ।

मण्डलका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव यादवले समेत विद्यालयको अध्ययन, अध्यापन र व्यवस्थापन पक्षमा भईरहेको कमी कमजोरीतर्फ ध्यान दिन नसकेको कारण विद्यालयको दुरावस्था पुगेकोमा चिन्ता व्यक्त गरे ।

त्यस्तै, महादेवा गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरुको अनुगमन र निरीक्षण समय समयमा गा.पा.का अध्यक्ष दिपक कुमार यादवबाट हुन नसकेको कारण वडा नं. ५ स्थित रहेको भगवती रा.प्रा.वि.मा वडा कार्यालय र वडा नं. ६ स्थित रहेको बजरंग आधारभुत विद्यालय ढिकलीमा शहरी स्वास्थ्य क्लिनिक संचालनमा रहेको स्थानीय बुद्धिजिवीहरुले आरोप लगाए ।

यस्ता किसिमको गतिविधि माथि गा.पा.का जिम्मेबार पक्ष गैर जिम्मेबार भएको कारण विद्यालय र स्वास्थ्य संस्थाहरुको अवस्था दयनीय रहेको स्थानियहरुको आरोप रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत