संगठनलाई दाउमा राखेर आर्थिक गतिविधि गर्ने यातायातका प्रदेश अध्यक्ष शर्मा पदमुक्त

६ असार ०७६, काठमाडौं । संगठनलाई दाउपेचमा राखेर आर्थिक गतिविधि गरेको भन्दै अखिल नेपाल यातायात मजदुर संघले संघको ३ नम्बर प्रदेश अध्यक्ष राजेन्द्र शर्मालाई पदमुक्त गरेको छ ।

शर्माले संगठनलाई दाउपेचमा राखेर आर्थिक गतिबिधि गरेकाले कारवाही गरिएको यातायात मजदुरका केन्द्रीय अध्यक्ष सोम बहादुर तामाङले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“जिम्मेवारी लिने र कर्तव्य पूरा नगर्ने, केन्द्रीय समितिले गरेका सर्कुलरहरु फिल्डसम्म नलैजाने, संगठनले गरेका निर्णयहरू कार्यान्वयन नगर्ने, संगठनको बैठक नबस्ने, बैठकमा आफू पक्षका सदस्यहरूलाई मात्रै जानकारी गराउने, संगठनलाई दाउपेचमा राखेर आर्थिक गतिबिधिमा संलग्न रहने जस्ता कार्यहरूले संगठनको गौरवमय बलिदानीपूर्ण इतिहासमा नै धब्बा लगाउने कार्य अत्यन्तै खेदजनक छ” विज्ञप्तिमा भनिएको छ ।

संगठनको कमाण्ड, कन्ट्रोल र केन्द्रीय कार्यालयको निर्देशन तथा ३ नं. प्रदेश समितिको निर्णय विपरीत संगठनलाई गुटगत सञ्चालन गरेकाले प्रदेशको अध्यक्षबाट विधानको भाग १० को धारा ३३ (क) र (ख) बमोजिम पदमुक्त गरी केन्द्रीय कार्यालयमा सरुवा गरिएको केन्द्रीय अध्यक्ष तामाङले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिको पूर्णपाठ :

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत