बन्दी सांसद अस्पतालको बेडमा, दाहिने खुट्टामा फलामे साङ्लो !

७ असार ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालमा उपचाररत् बन्दी सांसद रेशम चौधरीलाई अस्पतालको बेडमै फलामे साङ्लो लगाएर राखिएको घटनाप्रति चासो देखाएका छन् ।

प्रधानमन्त्री ओलीले टीकापुर काण्डको अभियोगमा कैद सजाय भोगिरहेका राष्ट्रिय जनता पार्टीका सांसद रेशम चौधरीको दाहिने खुट्टामा अस्पतालको बेडमै फलामे साङ्लो बाँधिएको घटनाप्रति चासो देखाएका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीकाअनुसार प्रधानमन्त्रीले शनिबार मुख्यसचिव लोकदर्शन रेग्मीलाई बन्दी सांसद चौधरीको खुट्टामा नेल लगाउनेलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

पारिवारिक स्रोतकाअनुसार चौधरीको फोक्सो र ढाडमा समस्या देखिएपछि बिहीबार अस्पताल भर्ना गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत