महादेवा गाउँपालिकाका अध्यक्षले गरे महिलामाथि हातपात

देवराम यादव ।

९ असार ०७६, सप्तरी । महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवको उपस्थितिमा महिलामाथि हातपात भएको छ ।

महादेवा १ सोनराका रेणु कुमारी यादवसहित ३ जना महिलालाई गाउँपालिका अध्यक्ष यादवको प्रत्यक्ष उपस्थितिमा आइतबार कुटिएको स्थानीय नेता बासुदेव यादवले जानकारी दिए ।

उनका अनुसार प्रहरी प्रशासनको आडमा गा.पा.का अध्यक्ष यादवले रेणु कुमारी यादव र छिमेकी महिलालाई हातपात गरेका हुन् ।

गत ०६४ असोज १० गते अंश मुद्दा मिलापत्रमा महादेवा गा.पा. १ का छुतहरु यादव र रामजी यादवका जग्गा घटीबढी पारी आ–आफनो अंश भागमा लिई दिई र घरबासमा रहेको जग्गामा उत्तर-दक्षिण गरी ८ फिट चौडा बाटो राखी सो बाटोको पूर्व, आधा जग्गा रामजी यादवले हकभोग गर्ने र सो बाटोको पश्चिम आधा जग्गा छुतहरु यादवले हकभोग गर्ने गरी उक्त जग्गा नापी दर्ता आएका बखत कानून बमोमिज आ–आफनो नाउँमा दर्ता गराउने दुबै जनाले मिलापत्र गरेका थिए ।

अदालतबाट मिलापत्र भएको सोही मुद्दालाई महादेवा गाउँपालिकाको अध्यक्ष यादव र न्यायीक समितिका संयोजक ममता कुमारी यादव, सदस्य अरुणा देवी यादवले अदालतको निर्णय विपरीत वडा नं. १ कार्यालयबाट प्रवाह हुने सबै प्रकार सेवा सुविधाबाट रोक लगाउने र ५ हजार जरीवाना गर्ने निर्णय गरेको छ ।

महादेवाका अध्यक्ष यादव र न्याय समितिले बदनियत ढंगबाट निर्णय गरिएको स्थानीयहरू बताउँछन् । यस सम्बन्धमा बुझन खोज्दा महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवको मोवाइल अफ थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत