आँधी प्रभावित क्षेत्रका गर्भवती, सुत्केरी महिलालाई राहत वितरण

१२ असार ०७६, काठमाडौं । गत चैत १७ गते आएको आँधी प्रभावित क्षेत्रका २ सय जना भन्दा बढी गर्भवती, सुत्केरी महिलालाई राहत वितरण गरिएको छ ।

असल छिमेकी नेपाल पोखराको टोलीले टोर्नाडो प्रभावित बाराको सुवर्ण गाउँपालिका वडा नं ४ हर्दिया, वडा नं ८ प्रसुरामपुर, वडा नं १ कवहीमा पुगेर बिहीबार राहत वितरण गरेको हो ।

शिशुका लागि ब्लाङ्केट, बेबी किट, ५ सय ग्राम घिउ, २ सय ग्राम ज्वानो, ५ सय ग्राम हर्लिक्स, ५ सय ग्राम सर्वोत्तम पिठोसहितको झोला हस्तान्तरण गरिएको थियो । सुवर्ण गाउँपालिका वडा नं ४ हर्दियामा ८८, वडा नं ८ प्रसुरामपुरमा १ सय र वडा नं १ कवहीमा ३० वटा झोला वितरण गरिएको थियो ।

असल छिमेकी नेपाल पोखराका सचिव प्रकाश भुजेलले टोर्नाडो प्रभावित क्षेत्रमा सुत्केरी र गर्भवती महिलाहरुको निम्ति पौष्टिक आहार सामाग्री वितरण गरिएको जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत