ईपीएसको नतिजा प्रकाशित, १२ हजार ९ परीक्षार्थी उर्तीण

१३ असार ०७६, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जानेको लागि लिइएको भाषा परीक्षाका नतिजा प्रकाशित भएको छ ।

वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार १२ हजार ९ परीक्षार्थी पास भएका छन् । ८२ हजार २ सय ३५ जनाले आवेदन दिएकोमा ७४ हजार ८ सय ६० जना परीक्षामा सहभागी थिए ।

जस अनुसार ९ हजार १३३ जना उत्पादनतर्फ र २ हजार ८७६ जना कृषितर्फ पास भएका छन् र पास भएका मध्येबाट स्किल टेष्टमा सफल भएपछि मात्र कोरिया जान योग्य हुने छन् ।

कोरियन भाषा परिक्षाका लागि काठमाण्डौ र ललितपुरमा २४ केन्द्र र पोखरामा चार गरी २८ केन्द्रमा परीक्षार्थीहरुले परीक्षा दिएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत