१४ असार ०७६, काठमाडौं । काठमाडौंको जमलमा कार दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
शनिबार बिहान ६ बजेतिर केशरमहलबाट जमलतर्फ आइरहेको बा ११ च ३६०४ नम्बरको कार गलत लेनमा गएर होटल एलो प्यागोडा अगाडिको सडकको रेलिङमा जोतिदा चालक बिजेन दुवाल श्रेष्ठ घाइते भएका हुन् ।
कारमा तीन जना रहे पनि सबै सकुशल रहेको प्रहरीले जनाएको छ । श्रेष्ठ मच्छिन्द्र आयल स्टोरका सन्चालक हुन् । उनको खुट्टामा सामान्य चोट लागेको छ ।
दुर्घटनाको क्रममा कारको ठक्करबाट सडक किनारमा रोकि राखेको एक पर्यटक माइक्रोमासमेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कारको इन्जिन सडकमै उछुट्टिएको छ भने फुटपाथको रेलिङ भाँच्दै उत्तानो परेर पल्टिएको छ । ट्राफिक प्रहरीले यस कार दुर्घटनालाई ‘भयानक’ भनेको छ ।