रोजगारीको अवसर पहिचान गरेर मात्रै शिक्षामा लगानी गर्नु – प्रधानमन्त्री ओली

१८ असार ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसर पहिचान गरेर मात्रै शिक्षामा लगानी गर्नु पर्ने बताएका छन् ।

मंगलबार पोखरा विश्वविद्यालयको २०औं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको आवश्यकता र शिक्षाको तारतम्य नमिल्दा योग्य व्यक्ति पनि बरोजगार बन्नु परेकाले रोजगारीका अवसर पहिचान गरेर शिक्षामा लगानी गर्न सुझाएका हुन् ।

‘कसैले खेत बेचेर पाइलट बनेका छन् तर जहाजको छेउमा पनि जान पाएका छैनन्’ प्रधानमन्त्रीले भने, ‘त्यसकारण रोजगारीका अवसर पहिचान गरेर मात्र शिक्षामा लगानी गर्नु पर्दछ ।’

विश्वविद्यालयहरूले नयाँ शैक्षिक संस्थाहरूलाई सम्बन्धन दिँदा रोजगारीको अवसर, आवश्यकता आदि कुराको विश्लेषण गरेर मात्र सम्बन्धन दिनुपर्ने उनले बताए ।

विश्वविद्यालयहरूले जथाभावी सम्बन्धन दिने काम बन्द गर्नुपर्छ भन्दै प्रधानमन्त्री ओलीले देश विकास गर्ने जनशक्ति बाहिर गइरहेकाले नेपालको श्रमशक्तिको समुचित उपयोग हुने नीति र कार्ययोजना अहिलेको आवश्यकता रहेको बताए ।

उनले नेपालको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने, कस्तो प्रकारको सीप र शिक्षा दिने भन्ने बिषयमा विश्वविद्यालयहरूले योजना बनाउन सक्ने चर्चा समेत गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत