मिडिया काउन्लिस विधेयक पत्रकारको हित अनुकुल हुन्छः नेम्वाङ

२० असार ०७६, काठमाडौं । नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाल पत्रकार महासंघलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् ।

शुक्रबार पत्रकार महासंघका पदाधिकारीसँगको भेटमा उनले मिडिया काउन्लिस सम्बन्धी विधेयक पत्रकारको हितमा ल्याउने विश्वास दिलाउँदै महासंघलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका हुन् ।

‘विधेयक संशोधन गरेर पत्रकारको हित अनुकुल हुने गरी बनाउने जिम्मा मेरो भयो । त्यस कारकाण आन्दोलन फिर्ता लिनुहोस्’ उनले भने ‘विधेयकको विरोधमा जुन आन्दोलन भइरहेको छ, केही बुझाइमा पनि फरक छ । दुबै पक्ष बसेर हल गरौं ।’

अहिले मिडिया काउन्सिल सम्बन्धी विधेयक ‘होल्ड’ मा रहेको भन्दैे नेता नेम्वाङले सरोकारवालासँगको छलफलपछि पार्टीकै आधिकारिक व्यक्तिले संशोधन दर्ता गर्ने समेत बताए । ‘यो विधेयक कसरी अगाडि लैजाने भन्ने विषयमा हेर्न पार्टीले मलाई नै जिम्मेवारी दिएको छ’ उनले भने ‘अब के कसरी संशोधन गर्न सकिन्छ संशोधनका बुँदाहरु तयार पारौं र पार्टीको आधिकारिक व्यक्रिबाट संशोधन दर्ता गरौं ।’

मिडिया काउन्सिलसम्बन्धी विधेयकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखिएको भन्दै नेपाल पत्रकार महासंघ चरणवद्ध आन्दोलनमा छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत