‘छौँडा’ शब्दको विषयमा सामाजिक सञ्जालदेखि सांसदसम्मै विरोध

२२ असार ०७६, काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रमुख सल्लाहाकार विष्णु रिमालले विरोधीहरुलाई गाली गर्न प्रयोग गरेको ‘छौडा’ शब्दको विषयमा सामाजिक सञ्जालदेखि सांसद सम्मै विरोध भएको छ ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै सांसद अतहरकमाल मुसलमानले रिमालले आइतबार गरेको एक ट्वीटप्रति संकेत गर्दै राष्ट्रवादको बहस सुरु गर्ने छौँडाहरु को हुन् र कसरी चलायमान भएका छन् भनेर प्रश्न गरेका छन् ।

‘सम्मानीय सभामुख महोदय, यो मेरो भनाई होइन, कसैको ट्वीटको भनाई हो । विदेशी वा स्वदेशीले देशमा हाल छौँडाहरु छाडिरहेका छन् । त्यही छौँडाहरु देशमा चलायमान हुँदा राष्ट्रवादको माक्स लगाएको सरकारले देशमा विदेशी प्रभुको इशारामा आइफा गर्न लागेको अवस्था देखिन्छ– उनले भने ।’

उनले तिनै छौँडाहरु अझै सक्रिय हुँदा विभिन्न देशबाट आयात भइराखेका विषादीयुक्त तरकारी र खाद्यन्यहरु बिना जाँच र बिना परीक्षण नेपालभित्र भित्रिरहेकाले नेपाली जनता त्यो विषादीयुक्त तरकारी खान बाध्य बताए ।

‘नेपाली जनताले त्यो विषादीयुक्त तरकारी खान बाध्य भएको छन् । किसानले मलखाद पाउन सकेको अवस्था छैन । यसरी जनताको स्वास्थ्यसँग खेलवाड गर्ने धर्म संस्कृतिको प्रहार गर्ने, विदेशीको इशारामा राष्ट्रवादको नया बहस सुरु गर्ने ती छौँडाहरु कहाँ कसरी चलाएमान छन् र ती छौँडा को कसबाट सञ्चालित छन् ।’ –भन्दै उनले आक्रोश पोखेका थिए ।

‘भनिन्छ, छौंडाहरु आफै चलमनायउँदैनन् कसैले छोड्छन्, दुःख दिन्छन् ! यी छौंडाहरु आफै चलमलाएका हुन् की कसैले छाडेका ?’ -भन्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले आइतबार बिहानै ट्वीटर गरेका थिए ।

 

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत