जीबी लामाको निर्देशनमा ‘टाढिएर के भो कुनै पल’ को म्युजिक भिडयो सार्वजनिक

२२ असार ०७६, काठमाडौं । जीबी लामाको निर्देशनमा ‘टाढिएर के भो कुनै पल’ बोलको मार्मिक गीतको म्युजिक भडियो सार्वजनिक भएको छ ।

शिव शर्मा चञ्चलको शब्द रहेको गीतमा सङ्गित राज कुमार बगरको रहेको छ भने भने स्निका थापा मगरको कर्ण प्रिय स्वर सुन्न पाईन्छ ।

भिडियोमा कलाकार शेषुका राई, मुस्कान राई र बाल कलाकारमा सिम्रन पुनले अभिनय गरेका छन् । दोलखा र काठमाण्डौँमा छायाँकन गरिएको भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन गरेका छन् ।

सयौँ म्युजिक भिडियो छायाँकन गरिसकेका जीबी लामाले यस भिडियोलाई कलात्मक ढंगले छायाँकन र निर्देशन गरेका छन् ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत