सवारी दुर्घटना र मानवीय क्षतिलाई न्युनिकरण गर्ने जनचेतनामूलक ¥याली

२५ असार ०७६, सप्तरी । दिनहु जसो हुने सवारी साधनको दुर्घटनालाई न्युनिकरण गर्दै मानवीय क्षतिलाई कम गर्न उद्देश्यले राजविराजमा जनचेतनामूलक ¥यालीको आयोजना गरिएको छ ।

जिल्ला ट्राफिक कार्यालय शम्भुनाथ र राजबिराज ट्राफिकको आयोजनामा समुदाय ट्राफिक प्रहरी साझेदारी अभियान अन्तर्गत राजविराजमा सर्वसधारणका लागि एक दिने ट्राफिक जनचेतनामूलक कार्यक्रम तथा ¥याली निकालिएको हो ।

ट्राफिक कार्यालय राजबिराजवाट निकालिएको जनचेतनामुलक ¥याली राजबिराजको रूपनी बसस्टेनदेखि गजेन्द्र चोक, दशन चोक, अदालत लाईनहुँदै पुनः गजेन्द्र चोकमा कोण सभामा परिणत भएको थियो ।

कोण सभामा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत किशोर कुमार रामले अव्यवस्थित पार्किङ्ग र सर्वसधारणलाई ट्राफिकको ज्ञान नभएको कारण दुर्घटना हुने गरेकोले सुरक्षित रूपमा सवारीसाधनको प्रयोग गर्न आग्रह गरे ।

सो अवसरमा शम्भुनाथ ट्राफिक कार्यालयका ईन्चार्ज एवं ईन्सपेक्टर छबिरमण भटराईले सवारी साधनको जथाभाबी पार्किङ्ग, बिना हेल्मेट मोटरसाईकल चलाउदाँ र मादक पदार्थ सेवन गर्दा गाडी चलाउदाँ दुर्घटना हुने बताए । उनले हेल्मेट प्रहरीसँग बच्नका लागि नभई आफ्नो परिवार र प्रियजनसँग भेटका लागि लगाउन आग्रह गर्दै मोटरसाईकलमा तीन जना चढी यात्रा नगर्ने आग्रह समेत गरे ।

अकालमा मृत्यु हुनवाट जोगिन, सवारीसाधन चलाउदाँ हेल्मेट प्रयोग गर्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, तोकिएको स्थानमा मात्र सवारी पार्किङ्ग गर्ने, पैदल यात्रीले सडकको पेटी प्रयोग गर्ने, सवारीसाधान चलाउदाँ सिट वेलटको प्रयोग गर्ने, सुरक्षित ड्राईभिङगले तपाईको जीवन बचाउने भएकाले सुरक्षित भएर यात्रा गर्न जनचेतनामूलक कार्यक्रम गरेको राजबिराज ट्राफिक ईन्चार्ज नन्दकिशोर मण्डलले जानकारी दिए ।

सो अवसरमा अखिल मजदुर ट्रेड युनियन अध्यक्ष केदार देव, प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, पत्रकार चन्दन कुमार यादब, यातायाता संघ, टेम्पु मजदुर सँघ तथा बिद्याथीहरूले ट्राफिक ब्यबस्थापनलाई ब्यबस्थित गर्न स्थानिय सरकार तथा सर्वसधारण बिना पार्किङ्ग ब्यबस्थित गर्न नसक्ने भएकोले सबैको सहयोग अपरिहार्य रहेको बताए ।

यूवा स्वरोजगार कोषको रकम सदुपयोग गर्न सुझाव

यूवा स्वरोजगार कोष जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय सप्तरीको संयोजन तथा ग्लोबल बहुमुखी सहकारी संस्था लि. राजविराजको आयोजनामा असल ऋणीहरुलाई ब्याज अनुदान बितरण गरिएको छ ।

ग्लोबल बहुमुखी सहकारी संस्थाले यूवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम ऋण लिएवापत समयमै सावा तथा ब्याज बुझाउने २४ जना ऋणीलाई ब्याजको ६० प्रतिशत रकम अनुदान दिएको हो ।

आयोजित कार्यक्रमका प्रमुख अतिथि सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडलले नेपाल सरकारले बेराजगारलाई स्वरोजगार बनाउनका निम्ति कार्यक्रम ल्याए पनि अधिकांश ऋणीहरुले समयमा सावा ब्याज नतिर्ने गरेकाले कार्यक्रमको उद्देश्य नै धरापमा पर्न गएको जिकिर गरे । उनले यूवा स्वरोजगार कार्यक्रम अन्तरगत दिइने रकम झण्डै ब्याज बिहीन नै रहेकोले सो रकम पनि ऋणीहरुले समयमै तिर्ने नगरेको तथा संस्थाहरुले समेत उक्त रकमको सदुपयोग गर्ने नगरेको पाइएको जानकारी दिए ।

प्रजिअ पौडेलले सरकारको लगानी खेर जान नदिन ऋणीहरुले समयमै सावा ब्याज तिरी असल ऋणको परिचय दिन आग्रह गर्दै सरकारले पहिलो २ लाख रकम दिने गरेकोमा अहिले २ देखि ५ लाखसम्म स्वरोजगारका लागि रकम दिने गरेको जानकारी दिए । बिना धितो संस्थाले रकम दिइरहँदा ऋणीहरुले सो रकमलाई सदुपयोग गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

प्रजिअ पौडेलले ग्लोबलले यूवा तथा स्वरोजगार कोषबाट दिएको रकमको सावा र ब्याज समयमै तिरेर २४ जना ऋणीहरुले ब्याजको रकमको ६० प्रतिशत रकम अनुदान पाएकोमा ती ऋणीहरुको प्रशंसा समेत गरे ।

ग्लोबलका बहुमुखी सहकारी संस्थाका अध्यक्ष सुखराम यादवको अध्यक्ष तथा प्रजिअ पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा यूवा स्वरोजगार कोष जिल्ला समन्वय समितिका संयोजक हरिदेव चौधरी, पत्रकार महासंघका उपाध्यक्ष श्यामसुन्दर यादव, राजपाका जिल्ला संयोजक अमरनाथ मण्डल, संस्थाका उपाध्यक्ष मुरली प्रसाद यादव लगायतका वक्ताहरुले कोषको रकम सदुपयोग गर्न ऋणीहरुलाई सुझाव दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेष रिमाल, सशस्त्र प्रहरीका उपरीक्षक, सञ्चारकर्मी, ऋणीलगायतकाको उपस्थिती रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत