सप्तरीको तिलाठीमा उपप्रधानमन्त्री उपेन्द्र यादवको पुत्ला जलाइयो

३१ असार ०७६, सप्तरी । सप्तरीमा समाजवादी पार्टीका अध्यक्ष एवं संघीय सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको पुत्ला जलाइएको छ ।

बिगत केही दिनदेखि परेको अविरल वर्षाका कारण हजारौ जनता विस्थापित र डुबानमा परेको बेला मन्त्री यादवले कुनै चासो नदेखाएको भन्दै बाढी प्रभावित क्षेत्र सप्तरीको तिलाठीका पीडितहरुले मन्त्री यादवको पुत्ला जलाएका हुन् ।

यस क्षेत्रका जनताको मत लिएर यादव उपप्रधानमन्त्री बने पनि बिपतका बेला आफुहरुको समस्या बुझ्न समेत नआएको भन्दै स्थानीयहरुले गुनासो पोखे ।

बाढीका कारण सप्तरीमा दर्जनौ वेपत्ता भएका छन् भने कतिपयको ज्यान गएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत