दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस

१ साउन ०७६, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिस भएको छ ।

प्राधिकरणको अध्यक्ष खुला प्रतिस्पर्धाबाट छान्न सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वका समिति गठन गरेको थियो ।

१२ जनाले प्राधिकरणको अध्यक्षका लागि आवेदन दिएका मध्ये लिखित, मौखिक परीक्षा र कार्ययोजना सहितको प्रस्तुतिका आधारमा अन्तिम तीनजनाको नाम अध्यक्षका लागि सिफारिस गरिएको हो । प्राधिकरणको अध्यक्षका लागि हालका निमित्त अध्यक्ष पुरुषोत्तम खनालसहित १२ जनाले प्रतिस्पर्धा गरेका थिए ।

समितिले सिफारिस गरी सरकार समक्ष पेश गरेका नाममा हालका निमित्त अध्यक्ष पुरुषोत्तम खनाल, डा. नन्दविक्रम अधिकारी र दीपकराज जोशी रहेका छन । यी तीनमध्ये मन्त्रिपरिषदले एकजनालाई प्राधिकरणको अध्यक्षमा चार वर्षका लागि नियुक्त गर्नेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत