बाजुरामा जीप दुर्घटना २ जनाको मृत्यु , १२ घाइतेको हेलिकप्टरबाट उद्धार

३ साउन ०७६, काठमाडौं । बाजुराबाट कालीकोट जाँदै गरेको जीप दुर्घटनामा परी घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

शुक्रबार बिहान जगन्नाथ गाउँपालिकाको भुँवा खोलामा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका १२ जनाको नेपाली सेनाका हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

दुर्घटनामा परी घाइते भएका १२ जनाको उपचारका लागि संघीय गृह मन्त्रलायसँगको समन्वयमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताए ।

दुर्घटनामा परी घाइते हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिका –६ का २८ वर्षीय उभजङग बहादुर शाही, सोही ठाउँ बस्ने १७ वर्षीय राजेन्द्रबहादुर शाही, १८ वर्षीय मेहन्द्रबहादुर शाही रहेका छन् ।

यसैगरी बाजुराको हिमाली गाउँपालिका्–४ रुगिनको फैती बस्ने ५५ वर्षीय लालवीर चदाराको अवस्था गम्भीर भएकाले थप उपचारका लागि नेपालगञ्जमा रहेको कोहलपुर मेडिकलमा हेलिकप्टरमा लगिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।

दुर्घटनामा परी कैलालीको टीकापुर नगरपालिका–४ का २६ वर्षीय जीप चालक रमेश बोगटी र मुगुको खत्याड गाउँपालिका–६ का २४ वर्षीय रामबहादुर शाहीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत