सोम बहादुर थापा
७ साउन ०७६, काठमाडौं । सशस्त्र प्रहरीको नायब उपरीक्षक (डीएसपी)हरूको सरुवा गरिएको छ ।
सशस्त्र प्रहरीले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता अनुसार १५१ जना डीएसपीहरूको सरुवा गरेको जनाएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूह तर्फका सरुवा गरिएका डिएसपीहरूको अभिलेख राख्न अनुरोध गर्दै राष्ट्रिय किताबखानालाई लेखेको पत्रमा साउन महिनादेखि सरुवा भएको स्थानबाट तलब भत्ता र राशन पाउने उल्लेख गरेका छन् ।