आगामी मंसिरमा उपनिर्वाचन गर्न निर्वाचनआयोग र दलहरु सहमत

१६ साउन ०७६, काठमाडौं । निर्वाचन आयोग र मुख्य राजनीतिक दलहहश्रबीच आगामी मंसिरमा रिक्त स्थानमा उपनिर्वाचन गर्न सहमति भएको छ ।

बिहीबार उपनिर्वाचनका बारेमा निर्वाचन आयोगले दलहरुसँग गरेका छलफलमा दलहरुले आगामी मंसिरमा उपनिर्वाचन गर्न प्रस्ताव गरेका थिए । छलफलमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका झण्डै १८ वटा दलका प्रतिनिधि सहभागी थिए ।

निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले लगभग मंसिरमा उपनिर्वाचन गर्न आयोग र दलहरु सहमत भएपनि मितिबारे आयोग र सरकारको छलफलपछि मात्रै तोकिने बताए ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तह गरी अहिलेसम्म ५० स्थानमा उपनिर्वाचन गराउनुपर्नेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत