शिक्षासँगै खेलप्रति अभिरुची जगाउने उद्देश्यले ग्रासरुट फुटवल ट्रेनिङ सुरु

१८ साउन ०७६, राजविराज । नेपाली सेनाले सैनिक–नागरिक सम्बन्ध सुदृढ गर्न तथा बालबालिकाहरुमा कलिलो उमेरबाटै शिक्षासँगै खेलप्रति अभिरुची जगाउने उद्देश्यले ग्रासरुट फुटवल ट्रेनिङ सुरु गरेको छ ।

शनिबारदेखि भिमदल गणद्वारा सुरु गरिएको ट्रेनिङमा जिल्लास्थित विभिन्न विद्यालयका १२ वर्षमुनीका ३३ जना विद्यार्थीहरुको सहभागिता रहेको छ ।

शिक्षासँगै स्वास्थ्य, अनुशासन, खेलकुद र भबिष्यमा सुयोग्य नागरिक उत्पादनलाई सहयोग पुग्ने उद्देश्यले यले नं. २७ बाहिनी अडडको निर्देशन तथा जिल्ला फुटवल संघ, प्याव्सन, जिल्ला शिक्षा समन्वय ईकाइ, जिल्ला प्रशासन कार्यालय, स्थानिय निकाय, संचारकर्मी तथा शिक्षकहरुको समन्वय र सहकार्यमा भिमदल गणस्थित खेल मैदानमा सुरु गरिएको  छ ।

गणका गणपति गुप्त बहादुर कुँवरले फुटवल प्रशिक्षकलाई बल हस्तान्तरण गरी ट्रेनिङको शुभारम्भ गरेका छन् । उक्त कार्यलाई निरन्तरता दिँदै प्रत्येक हप्ताको शनिवार नियमित ट्रेनिङ सञ्चालन हुने गणले जनाएको छ ।

सञ्चालित ट्रेनिङमा जिल्लास्थित ह्याप्पील्याण्ड बोर्डिङ स्कुल, उग्रकान्त सेकेण्डरी स्कूल, लिटिल फ्लावर्स स्कुल र हिमालय क्लबका ६ वर्षदेखि १२ बर्ष उमेर समूहका खेलाडीहरु सहभागि छन् ।

उनीहरुलाई जिल्ला फुटवल संघ तथा गणका प्रशिक्षकहरुले तालिम प्रदान गरिरहेको गणका कार्याधिकृत सेनानी अमर बहादूर थापाले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत